माछापुच्छ्रे बैंक र स्मार्ट पे साइप्रसबीच रेमिट्यान्स सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले साइप्रस, ग्रीस, पोर्चुगल र सबै युरोपेली देशबाट नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ स्मार्ट पेसँग सहकार्य गरी विधिवत् रूपमा रेमिट्यान्स सेवाको शुरूआत गरेको हो ।  रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्...