उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्न सहमत भएका छन्। सहमतिसँगै रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङ एउटै दल भएर आगामी निर्वाचनमा जाने सहमतिमा पुगेका हुन्। सोमबार कमलपोखरीस्थित रास्वपा पूर्वसांसद् अशिम शाहको निवासमा भएको छलफलमा सहमति जुटेको रास्वपाका नेताहरूले बताए। सहमतिपत्रको मस्यौदा तयार भइसकेको र केहीबेरमा हस्ताक्षर हुने जानकारी दिइएको छ। यसअघि रवि लामिछाने र बालेन शाहबीच छलफल भइरहेको स्थानमा काउन्सिल ...