भागबन्डाको गलपासोमा कांग्रेस, समानुपातिकको सूची फाइनल गर्न सकस

नेपाली कांग्रेसभित्र समानुपातिकतर्फको बन्दसूची फाइनल गर्न गुटगत भागबन्डा गलपासो बनेको छ। पार्टी केन्द्रीय कार्यालयमा विगत केही दिनदेखि सूची फाइनल गर्ने प्रयास भइरहेको छ । तर, संस्थापन पक्ष र इतर समूहमा विगतदेखि नै चल्दै आएको ६०-४० को भागबन्डाले सूची फाइनल गर्न सकस भएको हो । पार्टीले सोमबार बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको थियो। तर, कार्यसम्पादन नाममात्रैको भएको छ । बरु कोठे तथा आन्तरिक छलफल तीव्र बनेको छ। दिनभर सानेपा आसपासका सिद्धार्थ कजेटदेखि अन्य विभिन्न स्थानमा गुटगत छलफल भएको हो । ...