सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन् । स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई आज सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सहभागी हुने सबै दलबाट निर्वाचन आयोगमा सूची दर्ता भएसँगै देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा होमिएको बताएका हुन् । मन्त्री खरेलले आगामी फागुन २१ गते चुनाव हुन्छ की हुँदैन भन्ने बहसको अन्त्य भइसकेको भन्दै तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्...