काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उज्यालो नेपाल पार्टी एकताबद्ध हुन सहमत भएको छ । सोमबार भएको एकता सहमतिअनुसार कुलमान घिसिङलाई पार्टीको दोस्रो वरीयतामा राखिएको छ। उनी उज्यालो नेपाल पार्टीका संरक्षक हुन् । सहमतिअनुसार रास्वपाको सभापतिमा रवि लामिछाने रहनेछन् भने कुलमान घिसिङ उपसभापति रहने गरी नेतृत्व संरचना तय गरिएको हो। त्यसपछि उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेको वरीयता रहेको छ । यससँगै फागुन २१ को निर्वाचनमा रास्वपा थप सक्रियताका साथ होमिने भएको छ ।