काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँगको संयुक्त तस्बिर सार्वजनिक गर्दै देश बनाउन आफूहरु अघि बढेको सन्देश दिन खोजेका छन् । बालेनले सामाजिक सञ्जाल फेसबुकमा आफूसहित रवि लामिछाने र कुलमान घिसिङको फोटो पोस्ट गर्दै क्याप्सनमा लेखेका छन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु।’ उनको यो पोस्ट रास्वपाभित्र पछिल्ला दिनमा भएको राजनीतिक सहमति र एकताको सन्दर्भमा आएको हो। आइतबार रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे...