रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र बालेन्द्र (बालेन) शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । उहाँहरूबीच हिजो बेलुका भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ रहनुहुनेछ । यस्तै, अन्य उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको समझदारी पत्रमा बालेन शाहले साक्षीका रूपमा हस्ताक्षर गर्नुभएको छ । सहमतिमा एकतापछि सा...