नेपाली वृत्तचित्र ‘जिरो टु आठ हजार ८४८’लाई बेस्ट एसियन फिल्म अवार्ड

नेपाली वृत्तचित्र ‘जिरो टु आठ हजार ८४८’ शून्यदेखि सगरमाथाले फ्रान्सको प्रतिष्ठित वर्ल्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गरेको छ ।   फेस्टिभलको निर्णायक समितिले फिल्मको सशक्त कथावस्तु, उच्चस्तरीय सिनेम्याटिक प्रस्तुति, सङ्घर्ष, साहस र आकाङ्क्षालाई गहिराइमा प्रस्तुत गरेको पक्षलाई मूल्याङ्कन गर्दै विश्वभरबाट सहभागी भएका चलचित्रमध्ये सो वृत्तचित्रलाई छनोट गरिएको हो ।   ‘जिरो टु आठ हजार ८४८’ को मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश र प्रकृति तथा संस्कृतिको उच्च...