पुटिनको निवासमा युक्रेनी ड्रोन आक्रमण

युक्रेनले नोभगोरोडस्थित राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक निवासमा आक्रमण गर्ने प्रयास गरेको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार युक्रेनले डिसेम्बर २८ र २९ को रातमा ९१ ड्रोन आक्रमण गरेको हो, जसलाई रुसको वायु रक्षा प्रणालीले विफल पारेको थियो । लाभरोभले आक्रमणको बदला लिने चेतावनी दिँदै आक्रमणलाई आतंकवादको रूपमा वर्णन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अर्कोतर्फ, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आरोपहरूलाई पूर्ण रूपमा झूटा र बनावटी बताएका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्ने बहाना खोजिरहेको ...