काठमाण्डौ – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस, एमाले, नेकपा, रास्वपासहित २२ वटा दलले समानुपातिकतर्फको सबै अर्थात् १ सय १० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । अरू बाँकीले न्यूनतम ११ देखि एकसय जनासम्मको बन्दसूची पेश गरेका छन् । बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृतको का...