काठमाण्डौ – फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।आयोगका अनुसार काठमाण्डाैका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । त्यसमा काठमाण्डौ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ सम्मको खर्च गर्न पा...