बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जियाको मंगलबार बिहान ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बीएनपीको मिडिया सेलले सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत उनको निधनको जानकारी दिएको छ । बीएनपीका अनुसार मंगलबार बिहान ६ बजे 'फज्र'को नमाज पढेको केही समयपछि उनले अन्तिम सास फेरेकी थिइन् । खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षको लामो लन्डन बसाइपछि गत डिसेम्बर २५...