यी हुन् रास्वपाको समानुपातिक सूचीमा पर्नेहरुको नाम

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी पक्षलाई समेत समेटेर निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ । आइतवार बालेनसँग र गएराति उज्यालो नेपाल पार्टीसँग एकता भएपछि रास्वपाले सहमति अनुसार बन्दसूची पेश गरेको हो । रास्वपाले आफ्ना नेताको आन्तरिक रूपमा गरेको प्राइमरी इलेक्सनबाट प्राप्त मतको आधारमा उम्मेदवार छानेको छ । त्यस्तै बालेन र कुलमानको उज्यालो नेपाल पार्टीसँग भएको सहमतिअनुसा १ सय १० जनाको नाम बुझाएको छ । ...