‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– फागुन २१ गते तोकिएको निर्वाचनअघि वैकल्पिक शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बलियो समीकरण बनाएको छ । रवि लामिछाने नेतृत्वको रास्वपाले कुलमान घिसिङ र बालेन शाहलाई पार्टीमा भित्र्याएको हो । यी तीन शक्ति एकठाउँमा आएसँगै पुराना दललाई चुनौती थपिएको छ । रोचक त के छ भने वैकल्पिक राजनीतिक धारकै श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपामा कुलमान र बालेनको ...