दलहरुले समानुपातिकतर्फको बन्दसूची बुझाएसँगै चुनाव सुनिश्चित बन्दै

काठमाण्डौ – आउँदो फागुन २१ गते तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल कम भएको छ । राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवार सूची बुझाएसँगै चुनावको सुनिश्चितता बढेको हो । यसअघि शनिवार प्रधानमन्त्री सुशीला कार्कीसँग मुख्य तीन दल कांग्रेस, एमाले र नेकपाको भेटवार्ताले चुनावको आशङ्का हटाउन मद्दत गरेको थियो । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतवार र सोमवार दलहरुले रातारात उम्मेदवारको बन्दसूची बुझाएपछि देश अब चुनावमा होमिएको छ । संसद पुनर्स्थापनाकाे बाटो हेरिरहेका एमाले र कांग्रेस लगाय...