शीतलहरले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्नेमा १४ घण्टादेखि सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर चल्न सकेका छैनन् । लामो जामले गर्दा सास्ती भोग्नु परेको यात्रुले गुनासो गरेका छन् । काठमाडौंबाट बुटवल आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्नेमा फसेको बताए । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले शीलतरहरले बाटो चिप्लिएपछि गाडीको ठूलो लाम लागेको बताए । ‘समस्या आइतबारदेखि नै थियो,&...