काठमाण्डौ – आज देशका उच्च पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च क्षेत्रमा कतै-कतै हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । मौसमविद् गोबिन्द झाका अनुसार भाेलि र पर्सि पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै तराईका धेरै ठाँउमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । अझै केही दिन तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो कायमै रहने सम्भावना छ । तराईमा ...