बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवम् बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी उहाँको आज बिहान उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एक महिनाभन्दा लामो अवधिदेखि अस्पताल भर्ना हुनुभएकी जियाको विगत २० दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो । केही वर्षयता उहाँ छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका समाचार ...