म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ थप ५० योजनाका लागि एक करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बेनीमा सोमबार भएको १८औँ नगरसभाले गत आवमा खर्च नभएको बजेटलाई ४३ वटा योजनाका लागि एक करोड २८ लाख ८५ हजार र सातवटा आन्तरिक रोजगारी प्रवर्द्धन कार्यक्रम (प्रधानमन्त्री रोजगार)का लागि १० लाख ५४ हजार विनियोजन गरेको हो । एक करोड ६३ लाख बजेटका ५० वटा योजना संशोधन भएको नगर उपप्रमुख ज्योति लामिछानेले बताइन् । उनले प्रस्तुत गरेको चालु आवको कुल बजेट ७१ करोड ८० लाख २७ हजार बाट बढाएर ७३ करोड नौ लाख ...