एमाले महासचिव पोख्रेलले उठाए कुलमानमाथि प्रश्न

१५ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जामन्त्री कुलमान घिसिङलाई उपसभापति बनाएपछि प्रश्न उठाएका छन् । घिसिङलाई रवि लामिछाने नेतृत्वको रास्वपाले पहिलो वरीयताको उपसभापति बनाएको २४ घण्टा नबित्दै उनले प्रश्न उठाएका हुन् । ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित हो ?’ […]