प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कार्यकाल सम्हालेको डेढ महिना पुगेको छ । नियुक्ति पाएकै दिन उनले गृह मन्त्रालयमा जनघनत्व बढी भएका देशमा प्रहरी सहचारी राख्ने आफ्नो प्रस्तावलाई सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने अपेक्षा गरेका थिए । कार्कीले कार्यभार सम्हालेको केही दिनमै गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रहरी सहचारी राख्ने प्रस्ताव अर्थमा अड्किएकाले त्यसलाई फुकाउन पहल गरिदिन अनुरोध पनि गरेका थिए । अर्यालले अर्थमन्त्री रामेश्वर खनाललाई यसबारे जानकारी गराउने आश्वासन दिएका थिए । तर, अर्थले आर्थिक भार पर्...