शंकर पोखरेलको प्रश्न- गैरदलीय सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित ?

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई रास्वपा उपसभापति बनाउने सहमतिमा प्रश्न उठाएका छन् ।  मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले गैरदलीय चुनावी सरकारका मन्त्रीले राजीनामा नदिई पार्टी उपसभापति बनेको भन्दै आपत्ति जनाएका हुन् । वैकल्पिक शक्ति दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित भन्दै उनले प्रश्न गरेका छन् । 'वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति ब...