सुनको भाउ आज एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । सुन आज एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ थियो । अस्ति सुनको भाउले कीर्तिमान बनाएकोमा तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज एकैदिन तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले ज...