नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनद्वारा स्वीकृत

'नेपाल लाइफ समृद्धि लगानी योजना' नामक सामूहिक लगानी कोषले आफ्ना ईकाइहरू बिक्रीमा ल्याउने भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवर्द्धक र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त योजनाले नेपाल धितोपत्र बोर्ड​ (सेबोन)बाट स्वीकृति समेत पाइसकेको छ ।​ सेबोनले यही पुस १३ गते प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरको १६ करोड ईकाइले हुन आउने कुल १ अर्ब ६० करोड रकम बराबरको फन्ड जारी गर्न अनुमति प्रदान गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी...