रोतहट – पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरका लागि छुटेको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते हुनुभएको छ । घाइते चालकको चन्द्रनिगाहपुरमा सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिनुभयो । ...