चुनावमा असर पर्छ भनेर पहिले महाधिवेशन नगरौं भनेको हुँ, गर्ने नै भए बाधक बन्दिनँ– देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए पनि बाधक भने नबन्ने उनले बताए । मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू १५ औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए ।  'निर्वाचनको अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,' देउवाले भने, 'गर्ने हो भनेर लाग्नुहुन्छ भने म...