अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले सन् २०२६ का लागि राष्ट्रसङ्घको मानवीय सहायताका लागि उपलब्ध गराउने सहयोगसम्बन्धी पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अमेरिका विश्वको शीर्ष मानवीय सहायता दाता देश हो । राष्ट्रसङ्घको तथ्याङ्क अनुसार सन् २०२२ मा १४ अर्ब डलर रहेको सहायता रकम सन् २०२३ र सन् २०२४ मा झन्डै ११ अर्ब डलर थियो भने यो रकम सन् २०२५ मा आइपुग्दा २.७ अर्ब डलरमा झरेको थियो । राष्ट्रसङ्घ सहायता प्रमुख ट...