फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकको बन्दसूची बुझाएको छ । सोमबार निस्सा लिएर कांग्रेसले मंगलबार बिहान बन्द सूची पेस गरेको हो । कांग्रेस प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले सूची बुझाइएको जानकारी दिए । समानुपातिकका उम्मेदवारमा सहमति जुट्न नसकेपछि कांग्रेसले ढिलो गरी सूची बुझाएको हो । कांग्रेसको बन्दसूचीमा पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज आङदेम्बे परेका छन् । ०७९ सालको चुनावमा पाँचथरबाट झिनो मत अन्तरले पराजित आङदेम्बे यसपट...