नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का विद्यार्थी नेता लोकेश सीले कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने घोषणा गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले आउँदो प्रतिनिधि सभा निर्वाचनमा कैलाली-१ बाट उम्मेदवार हुने घोषणा गरेका हुन् । साथै उनले अन्य राजनीतिक पार्टी र व्यक्तित्वप्रति सम्मान प्रकट गर्ने समेत उल्लेख गरेका छन् । कैलाली-१ यसअघि नागरिक उन्मुक्ति पार्टीले जितेको क्षेत्र हो ।