चितवनमा थपिए ३४ मतदान केन्द्र

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि चितवनमा ३४ मतदान केन्द्र थपिएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा भन्दा अहिले हुन लागेको निर्वाचनमा मतदाता थपिएसँगै जिल्लामा मतदान केन्द्र थप भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार गत निर्वाचनमा जिल्लामा ४६० मतदान केन्द्र रहेकामा आगामी फागुन २१ गते हुने निर्वाचनमा ४९४ केन्द्र कायम गरिएको छ । त्यसमा क्षेत्र नम्बर १ मा १६८, क्षेत्र नम्बर २ मा १५२ र क्षेत्र नम्बर ३ मा १७४ मतदान केन्द्र कायम गरिएको छ । उनका अनुसार मतदानस्थल भने थप भएका छैनन् । गत निर्वाचनमा काय...