आणविक हतियार कार्यक्रम पुनः शुरू गरे इरानमा अर्को आक्रमण गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक हतियार कार्यक्रम पुनः शुरू गर्ने प्रयास गरे अर्को ठूलो आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले प्यालेस्टिनी संगठन हमासलाई पनि आफ्नो हतियार आत्मसमर्पण नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।  'मसँग इरान के गरिरहेको छ भन्नेबारे पूर्ण जानकारी छ,' सोमबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटपछि ट्रम्पले पत्रकारहरूलाई भने, 'म रिपोर्टहरू पढिरहेको छु कि उनीहरूले हतियार र अन्य सैन्य क्षमताहरू पुन: विकास गरिरहेका छन् । यदि साँच्चै...