ताम्राकारको 'अतीतको झझल्को' निबन्ध सङ्ग्रह विमोचन

मदनराज ताम्राकारद्वारा लिखित अतीतको झझल्को शीर्षकको निबन्ध सङ्ग्रह गत शनिबार एक समारोहबीच विमोचन भएको छ । भूमिका खण्डबाहेक कुल २९३ पृष्ठको यस कृतिलाई प्रकृति ताम्राकार र कीर्तनराज ताम्राकारले प्रकाशित गरेका हुन् । करिब डेढ दर्जन हाराहारीका निबन्धहरू रहेका कृतिको मूल्य ४९५ रुपैयाँ रहेको छ । लामालामा निबन्धहरूले कृतिलाई गहकिलो बनाएको भए पनि रोचक वर्णन शैलीका कारण पढ्नलाई पट्यार लाग्दैन । प्राय: सबै निबन्धहरू लेखकले निजी जीवनमा देखेको र भोगेको विषयवस्तुसित सम्बन्धित छ, जसमा केही बाल्यकालमा देखे भोगेको र केही व...