भारतको उत्तराखण्डस्थित अल्मोडा जिल्लाको साल्ट-भिकियासैन क्षेत्रमा मंगलबार बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । यात्रु बोकेको बस भिकियासैन-विनायक-भेल्टी मोटर सडकमा नियन्त्रण गुमाएर गहिरो खोलामा खसेको थियो । बस १५० मिटर गहिरो खोलामा खसेको थियो । बीबीसी हिन्दीका अनुसार बस पहाडी क्षेत्र हुँदै रामनगरतर्फ गइरहेको थियो । समाचारअनुसार खेलपानी भन्ने ठाउँ नजिकै दुर्घटना भएको हो । बसमा १९ जना सावार थिए । दुर्घ६नामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ, ...