नेपालमा सार्वजनिक पदाधिकारीहरू नैतिक, व्यावसायिक, नतिजामूलक र कार्यविधिगत जवाफदेहिताका पक्षमा कमजोर रहेको गुनासो सेवाग्राही, निगरानी निकाय र राजनैतिक कार्यकारीबाट बारम्बार उठ्दै आएको छ । सार्वजनिक जीवनमा उत्तरदायित्व अति नै महत्त्वपूर्ण हुन्छ । संस्था र पदाधिकारीहरू सर्वसाधारणप्रति जवाफदेही नहुँदा आलोचना र आक्रोशको तारो बन्दै गएका छन् । लोकतन्त्र भन्नु संस्था तथा पात्रहरू जवाफदेही बन्ने प्रणाली हो भने जवाफदेहिताका आधारमा नै लोकतन्त्रका लाभ तथा अवसरहरू वितरण हुने गर्दछन् । जवाफदेहिता मापनका परम्परागत तथा नवीन उपकरणहरू उपयोगमा...