१५ पुस, काठमाडौ । पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको निकटस्थ स्रोतले जनाएको छ । ‘किरण यादवको घरमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा पनि कुराकानी भयो,’ स्रोतले भन्यो ।