काठमाण्डाै – नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । कांग्रेसले आज दिउँसो निर्वाचन आयोगमा बन्दसूची बुझाएको हो । यसअघि विभिन्न कारणले कांग्रेसले बन्दसूची बुझाउन ढिलो गरेको थियो । खसआर्यतर्फका तीन महिलामा कसलाई राख्ने भन्नेमा संस्थापन र इतरपक्षबीच विवाद हुँदा कांग्रेसले बन्दसूचीलाई अन्तिम रूप दिन लामो समय लगाएको हो । कांग्रेसले सूची संशोधन गरेर एक सय १० जनाको नाम बुझाएको हो । बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ । याेसँगै आउ...