दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर​को मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । लोकन्थली चोकको सडकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना ७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौंको कीर्त...