पुन: एक ठाउँमा उपेन्द्र र महन्थ– एजेन्डाभन्दा चुनावी सुरक्षा मुख्य कारण !

उपेन्द्र यादव र महन्थ ठाकुर दुवैलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा चुनौती बढेपछि फेरि एकपटक पार्टी एकीकरण भएको छ । महन्थ ठाकुरलाई हरि नारायण यादव र उपेन्द्र यादवलाई जयप्रकाश ठाकुरले अघिल्लो चुनावमा ल्याएको मत आवश्यक देखिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरण भएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महन्थ ठाकुरलाई जित्न हम्मेहम्मे भएको थियो । लोसपा अध्यक्ष समेत रहेका ठाकुरलाई उपेन्द्र यादव नेतृत्वको जसपाका हरिनारायण यादवले निकै गाह्रो पारिदिएका थिए । महोत्तरी- ३...