एमालेको समानुपातिक सूचीमा पूर्वमन्त्रीदेखि मन्त्रीका श्रीमतीसम्म

नेकपा एमालेले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा कोशी प्रदेशबाट ३७ जनाको नाम समेटिएको छ । एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले यसपटकको सूची ‘समावेशी र सन्तुलित’ भएको दाबी गरेका छन् ।  सचिव राईले भने, ‘हामीले सबै क्षेत्र, वर्ग र उमेर समूहलाई समेट्ने प्रयास गरेका छौं । पूर्वमन्त्रीदेखि लिएर ‘जेनजी’ भनिने युवा पुस्ताका अनुहारहरू पनि यसपटकको सूचीमा अटाएका छन् ।’ समानुपातिक सूच...