हवाई यात्रा विश्वमा नै सबैभन्दा सुरक्षित र सहज यात्रामा पर्दछ । तर हवाई यात्रा सधैं सोचे जस्तो हुँदैन । आधुनिक प्रविधिको प्रयोगले हावाहुरी र खराब मौसमको सामना गर्न सके पनि खुला आकाशमा ‘बर्ड स्ट्राइक’ अर्थात् विमानसँग चरा ठोकिने अनपेक्षित चुनौती सधैं कायम रहन्छ । यसले सफा मौसममा पनि हवाई क्षेत्रलाई जोखिममा पारिरहेको हुन्छ । कुनै समय ‘प्राकृतिक संयोग’ मात्र मानिने यस्ता घटना अहिले उड्डयन क्षेत्रका लागि ठूलो चुनौतीका रूपमा देखा पर्न थालेका छन् । 'बर्ड स्ट्राइक...