ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय परिसरमा बेवारिसे अवस्थामा पेस्तोल फेला परेको छ । सरसफाइका क्रममा पेस्तोल भेटिएपछि प्रहरीको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार प्रहरीले पेस्तोल प्राप्त गरेको छ । उक्त पेस्तोल प्रहरीको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको बोगटीले बताए ।