नयाँ दलको एकताप्रति ओलीको टिप्पणी- कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको सिकार हुन्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैकल्पिक भनिएका रास्वपा, उज्यालो नेपाल लगायतका पार्टीको एकताले एमालेलाई फरक नपर्ने दाबी गरेका छन् ।   नयाँ भनिएका दलको एकता घैँटामा बोकेको पानीले महासागरसँग प्रतिस्पर्धा गरेजस्तो हुने उनको भनाइ थियो । मदन-आश्रिम स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले बलियासँग प्रतिस्पर्धा गर्न दुब्लाले गरेको एकताले कांग्रेस–एमालेलाई फरक नपर्ने बताएका हुन् । ‘विशाल एमाले देखेपछि तिमी र म मिलौं भनेका छन्, कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर...