नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरका नेताहरूले विशेष महाधिवेशन गर्ने भए महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेला बोलाउनुपर्ने बताएका छन् । समूहका एक नेताले लोकान्तरसँग कुरा गर्दै तल्ला तहका नेता/कार्यकर्ताले बोल्दा नेतृत्वले नसुनेको बताए । ती नेताले विशेष महाधिवेशनका लागि महामन्त्रीद्वयले भेला बोलाए मात्र सान्दर्भिक हुने पनि दाबी गरे । ‘उहाँहरू हामी लगायत नेता कार्यकर्ताहरूसँग छलफलमा हुनुहुन्छ । कसरी जाने भन्ने छलफल भइरहेका छन् । यसपटक दुईवटै महामन्त्रीहरूले संयुक्त भेला बोलाउने हो,’ त...