कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरू छुट्टै छलफलमा, 'विशेष भेला' गर्ने तयारी

नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर समूहले 'विशेष भेला' बोलाउने तयारी गरेको छ। जसका लागि आज साँझ छलफल गरेर मिति सार्वजनिक गर्ने तयारी समूहले गरेको छ। विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूबीच मंगलबार साँझ (आज) छलफल हुने नेता देवराज चालिसेले लोकान्तरलाई जानकारी दिए । आजको छलफलले भेलाले मिति तय गर्नेछ र सोही भेलाले निष्कर्ष निकाल्ने उनले बताए । ‘हामी आज छलफल गर्दैछौं । भोलि मध्यान्हसम्म मिति, समय र स्थान तय गर्ने हाम्रो तयारी छ,’ चालिसेले भने। ...