चुनावका लागि बाटो सफा हुँदै गएको छ

आउँदो फागुन २१ गतेका लागि चुनावको मिति तोकिसकेपछि, दलहरूले दल दर्ता गरिसकेपछि, मतदाता नामावली सङ्कलन र अद्यावधिक भैसकेपछि, चुनाव चाहनेहरूको आवागमन भइसकेपछि र सबैले सकारात्मक रूपमा भाग लिन थालेपछि चुनाव हुँदैन भन्न मिल्दैन । अहिले दलहरूले समानुपातिकको बन्दसूची पनि बुझाइसकेका छन् । यदि दलहरू नमानेको अवस्था, मतदाता नामावली अद्यावधिक नभएको अवस्था, निर्वाचन आयोगले अहिले कठिन अवस्था छ भनिरहेको भए वा सरकारले सहयोग नगरेको लगायतका अवस्था हुँदा मात्रै चुनावको अवस्था अन्योल भएको भन्नुपर्छ । तर अहिले चुनावका लागि बाटो सफा ...