समानुपातिकका लागि ६४ दलले बुझाए सूची

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।  आयोगले यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो । सोमबार राति अबेर र आज बिहानसम्म गरेर कूल ६४ राजनीतिक दलले बन्द सूची बुझाएका थिए ।  प्राप्त बन्दसूचीका सम्बन्धमा यही...