भैँसी, घोडा, माहुरीदेखि कुखुराको भालेसम्म, यस्ता छन् समानुपातिक ५८ दलका चुनाव चिन्ह​​

आसन्न प्रतिनिधिसभा निर्वाचनमा लागि ५८ चुनाव चिन्हमा ६४ दलले प्रतिस्पर्धा गर्ने भएका छन् । समानुपातिक निर्वाचनका लागि आयोगमा बन्द सूची पेस गरेका दलको विवरण मंगलबार सार्वजनिक गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपालगायत यसअघि प्रतिनिधिसभामा रहेका १० दलका पुरानै चिन्ह छन् । ११ औं नम्बरमा डा. बाबुराम भट्टराई नेतृत्वको प्रगतिशिल लोकतान्त्रिक पार्टीको नाम छ । राजनीतिक दलका चिन्ह रोचक रोचक छन् । मंगोल नेशनल अर्गनाइजेसनको चिन्ह कुखुराको भाले छ । नेशनल रिपब्लिक पार्टीक...