नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने बताएका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा मंगलबार आयोजित ‘नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पद जसजसले सहमति गरेर बाँडे पनि एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने बताएका हुन् । ‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ । प्रधानमन्त्रीमा हल्ला चलेको व्य...