ए लिगमा साम्बाको एक गोल, दुई असिस्ट

१५ पुस, काठमाडौं । अस्ट्रेलियन ए लिग फुटबलमा नेपाली फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले अर्को गोल गरेकी छन् । वेलिङटन फिनिक्सबाट खेलिरहेकी साम्बाले मंगलबार वेस्टर्न सिड्नी वान्डरर्स एफसीलाई हराउने क्रममा एक गोल गर्नुका साथै दुई गोलमा असिस्ट पनि गरिन् । खेलमा वेलिङटन ३-० ले विजयी भएको थियो । साम्बाले ४८औं मिनेटमा गोल गरेकी थिइन् […]