नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ)द्वारा काठमाडौँमा आयोजित एनएसएसएफ १३औं किन्डर ओलम्पिक मंगलबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रमको दोस्रो चरणमा ६७ विद्यालयका करिब एक हजार ६ सय विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ । दशरथ रंगशालामै भएको पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका एक हजार पाँच सय ४० विद्यार्थी सहभागी थिए । सहभागीहरूको मार्चपासपछि पूर्वसांसद् माधव सापकोटाले ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरेका थिए ।...